६२ औँ प्रहरी दिवस बैतडीमा पनि

Posted on: 13 Oct, 2017


नरी बडु | असोज २७, बैतडी । जिल्ला प्रहरी कार्यालय, बैतडीले पनि आज ६२ औँ प्रहरी दिवस मनाएको छ । ‘नागरीक प्रहरी मिली तोडौँ अपराधको जालो, सुरक्षित समाज बनाउन गरौँ हाते मालो’ भन्ने मूल नाराका साथ जिल्ला प्रहरी कार्यालयको प्राङगणमा एक कार्यक्रमको आयोजना गर्दै प्रहरी दिवस मनाइएको हो ।

दिवसको अवसरमा अमर प्रहरी स्मारीकामा माल्यार्पणगरी अमर प्रहरीप्रति मल्यार्पण गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यस्तै दिवसकोअवरमा पूर्व प्रहरी संगठनका अध्यक्ष रणबहादुर विष्टको अध्यक्षता तथा साप्रजि दिपककुमार आर्चायका प्रमुक आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । यस्तै प्रहरी दिवसको अवसर पारेर जिल्ला अस्पतालका बिरामीलाई फलफुल समेत बितरण गरिएको निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक सुरेन्द्र बमले जानकारी दिनुभयो ।

दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी हेरम्ब शर्माले जनताको सुरक्षाका लागि प्रहरी कटिबद्ध रहेने प्रतिवद्धता जनाए । ʻपछिल्लो समय बैतडी प्रहरी प्रशासनले नागरिक मैत्रि प्रहरी सेवा दिदै छ त्यसका लागि सबै नागरिकको सहयोग जरुरी छ उनले भने । गाँउ समाज तथा आफ्नो ठाँउमा हुने अपराधिक घटना न्यूनिकरणका लागि प्रहरीलाई सहयोग गर्न डिएसपि शर्माले सबै नागरिकमा आग्रह समेत गरेका छन् ।

यसका साथै प्रहरी दिवसको उद्देश्य, प्हरी दिवस किन मनाईन्छ भन्ने विषयमा कार्यक्रम पनि सम्पन्न गरिएको छ । कार्यक्रममा प्रहरी, पूर्व प्रहरी अधिकारी, जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयका कर्मचारी , पत्रकार, व्यवशायी लगायतको सहभागिता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!