कपिलवस्तुमा सर्पको डसाईबाट एकको मृत्यु

Posted on: 09 Oct, 2017

माधव बेल्वासे/असोज २३, कपिलबस्तु । कपिलबस्तुको कृष्णनगर नगरपालिका वडा नं ९ बहादुरगञ्जमा गोवन सर्पको डसाईबाट एक जनाको ज्यान गएको छ । 

बहादुरगन्जका दुलारे हरिजनका अन्दाजी ३५ बर्षीय छोरा गंगाराम हरिजनको गोवन सर्पको डसाईबाट ज्यान गएको हो । दिउसो घरमा सुतेको समयमा सर्पले टोकेको थाहा पाएपाछि उपचारको लागि गरुसिगेमा रहेको संर्पदंशा उपचार केन्द्रमा लगिएको थियो । 

केन्द्रले थप उपचारको लागि वुटवल रिफर गरेकाले लैजादै गर्दा वाटोमा ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ । हरिजनको बेलुका साढे ५ बजेको समयमा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!