कपिलबस्तुमा करवाचौथ पर्व हार्सौउल्लासका साथ मनाइयो

Posted on: 09 Oct, 2017

इमरान खान/असोज २३, कपिलबस्तु । करवाचौथ पर्व कपिलबस्तुमा धुमधामका साथ मनाइएको छ । 

तराईका हिन्दु महिलाहरुले मनाउने पर्व करवाचौथ कपिलबस्तुमा पनि धुमधामका साथ मनाइएको छ । परापुर्व कालदेखी यो पर्व तराईका बिवाहित मधेशी महिलाहरुका लागि धेरै नै महत्वपूर्ण पर्वको रुपमा मनाउदै आएका छन । 

करवाचौथ पर्व बिवाहित मधेशी महिलाहरुका लागि धेरै नै महत्वपूर्ण पर्व हो । मूख्यतः यो पर्वमा महिलाहरु श्रीमानको सुखशान्ति, लामो आयु तथा उत्तरोत्तर प्रगतीको कामना गर्दै उपवास बस्ने र दिनभरि निराहर व्रत बसेका व्रतालुले रातिको समयमा चन्द्रमाको पूजा गरेपछि उपवास तोडने परम्परा रहेको छ । 

माता पार्वतीले कठिन तपस्या गरेर भगवान शिवलाई श्रीमान प्राप्त गरेपछि अखन्ड सौभाग्यका लागि यो व्रत गरिएको धार्मिक ग्रन्थ नारद पुराणमा उल्लेख छ । 

यो पर्वमा अविवाहित महिलाले भने मनले चिताएको श्रीमान पाउनका निम्ति यो ब्रत बस्ने गर्दछन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!