यी हुन् माओवादी केन्द पर्वतबाट प्रदेशसभा र प्रतिनिधिसभा उठ्ने उम्मेदवार (नामवली सहित)

Posted on: 04 Oct, 2017



पर्वत । मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको लागि नेकपा माओवादी केन्द्र पर्वतले उम्मेदवारको टुंगो लगाएको छ । माओवादीले आसन्न चुनावका लागि प्रतिनिधिसभा तथा प्रदेशसभाका लागी उम्मेदवारहरुको नामवली टुंगो लगाएर केन्द्रमा पठाएको छ । 


जिल्ला इन्चार्ज नेत्र अधिकारको अध्यक्षतामा बसेको बैठकले आगामी प्रदेश सभा र प्रतिनिधि सभाको लागि उम्मेदवारको टुंगो लगाएर केन्द्रमा पठाएको हो । 


बैठकले प्रत्यक्ष तर्फ प्रतिनिधि सभाका लागी नेत्र अधिकारी, प्रतिनिधि सभाका लागी सामानूपातिक तर्फ गुप्त हमाललाई चयन गरेको छ । 


त्यस्तै प्रदेश तर्फ क्षेत्र नं १ बाट प्रत्यक्ष उम्मेदवारमा  केशव कुवँर, दिपक आचार्य लाई पार्टीले सिफारिस गरेको छ ।  क्षेत्र नं २ मा भने गोविन्दराज केसी, लक्ष्मण पुरी , ऋषिराम भुषाल नाम सिफारिस भएको छ । 


प्रदेश तर्फकै समानुपातिक तर्फ क्षेत्र नं १ र २ मा मनरुपा शर्मा र प्रदिप थापाको नाम सिफारिस भएको छ । 


नेत्र अधिकारी र मनरुपा शर्मा अघिल्लो निर्वाचनमा क्षेत्र नं १ बा सांसदमा उठेका व्यक्ति समेत हुन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!