बैतडीमा भिरबाट लडेर एक युवकको ज्यान गयो

Posted on: 01 Oct, 2017

नरी बडु | असोज १५ बैतडी | बैतडीको दोगडाकेदार गाउँपालिका–७ रिखाली बस्ने २२ वर्षीय जयसिंह कार्कीको दशैँ मेला हेरेर फर्कने क्रममा भीरबाट लडेर आज बिहान एक जनाको ज्यान गएको छ ।

बिहान करिब २ः३० बजे दोगडाकेदार–७ दारकुरी मन्दिरमा लागेको रात्रि मेला हेरेर फर्कने बेला मन्दिर नजिकै रहेको भीरबाट लडेर गम्भीर घाइते भएका उनलाई उपचारार्थ जिल्ला अस्पताल बैतडीमा लैजाँदै गर्दा बाटामा नै ज्यान गएको हो ।

उनको शवपरीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!