कपिलवस्तुमा कटुवा पेस्तोल र गोलीसहित पक्राउ

Posted on: 24 Sep, 2017

असोज ८, कपिलवस्तु। कपिलवस्तुको कृष्णनगर नगरपालिका–७ बुटहनियामा कटुवा पेस्तोल र गोलीसहित एकजना आज पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालय बहादुरगञ्जको गस्ती टोलीले बुटहनियामा दुई वटा कटुवा पेस्तोल त्यसमा लाग्ने दुई राउण्ड बुलेटसहित भरत चौधरीलाई पक्राउ गरेको हो । 

चौधरी आज बिहान ४ बजे बुटहनियामा आफ्नै मिलमा पक्राउ परेका छन् । गोप्य सुराकीका आधारमा प्रहरीको गस्ती टोलीले चौधरीलाई पक्राउ गर्न सफल भएको इप्रका बहादुरगञ्जका प्रहरी सहायक निरीक्षक दीपेन्द्र गिरीले बताउनुभयो ।  रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!