बैतडीमा बस र जिप ठोक्किँदा पाँच घाइते, दुई जनाको अवस्था गम्भीर

Posted on: 13 Sep, 2017

भदौ २८, बैतडी । दशरथचन्द नगरपालिका–२ देहिमाडौँ बजार नजिक आज दिउँसो बस र जिप आपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । 


बैतडी सदरमुकामबाट पाटनका लागि छुटेको ना २ ख ७६०६ नम्बरको बस र सतबाँझबाट सदरमुकामका लागि छुटेको म १ ज १२९ नम्बरको जिप देहीमाडौँ बजार नजिक घुसल्ला मोडमा ठोक्किँदा दशरथचन्द नगरपालिका–१ का डम्मरदत्त भट्ट र बर्दिया शिवपुर–५ घर भई हाल गुरुखोला स्वास्थ्यचौकीमा कार्यरत अनमी टीका दाहाल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । 

गम्भीर घाइतेको जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसकेपछि कााठमाडौं पठाइएको छ । सामान्य घाइते भएका दशरथचन्द नगरपालिका ६ का ध्वजराम लुहार, ४ का भानी ऐर र गोमती ऐरको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!