बैतडीका रामदत्तको ढुंगाले च्यापेर भारतमा मृत्यु

Posted on: 12 Sep, 2017

भदौ २७, बैतडी । ढुंगाले च्यापेर भारतमा सडक मजदुरका रुपमा कार्यरत एक नेपालीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बैतडीको सुर्नया गाउँपालिका–६ शंकरपुरका २४ वर्षीय रामदत्त अवस्थी रहेका छन् । 

सोमबार बेलुका भारतको उत्तराखण्डको धारचुला नजिक बालुवाकोटमा सडकमा काम गरिरहेका बेला माथिबाट खसेको ढुंगाले च्यापेर उनको घटनास्थलमै ज्यान गएको मृतकका आफन्त महेश भट्टले जानकारी दिनुभयो । 

मृतकको शव परीक्षणका लागी धारचुलास्थित एक अस्पतालमा राखिएको छ । शव परीक्षणपछि आफन्तलाई बुझाइने बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!