सर्पको डसाइबाट १७ बर्षीय युवतीको मृत्यु

Posted on: 07 Sep, 2017

भदौ २२, कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–९ की १७ वर्षीया राधिका जैशीको बुधबार सर्पको डसाइबाट मृत्यु भएको छ । 

सर्पले डसेपछि उपचारका लागि कैलालीको धनगढीतर्फ लैजाँदै गर्दा उहाँको बाटोमै मृत्यु भएको स्थानीय भारमल सुनारले बताउनुभयो । 

“नगरपालिकास्थित स्वास्थ्य चौकीमा एन्टीस्नेक भेनम नहुँदा उहाँलाई उपचारका लागि २५ किलोमिटर टाढाको धनगढी लैजाँदै गर्दा मृत्यु भएको छ”, उहाँले भन्नुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!