आर्यघाट निर्माणका लागि स्थानीय तहलाई ज्ञापन पत्र

Posted on: 18 Aug, 2017

विमल धामी/भदौं २, कञ्चनपुर ।  जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडीमा आर्यघाट निर्माणका लागि आर्यघाट निर्माण समितिले शुक्रवार बेल्डाँडी गाउँपालिका लाई १ ज्ञापन पत्र बुझाएका छन् । 

आर्यघाट निर्माणका लागि आर्यघाट जाने बाटोमा ९ सय मिटर ग्रावेल गर्नु पर्ने, तत्काल मलामी घर निर्माण गर्नु पर्ने, बिधुत जडान हुनु पर्ने, लास दहन गर्ने स्थान बनाउनु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको समितिका अध्यक्ष छबीलाल सेजवालले जानकारी दिनु भयो । गाउँपालिका अध्यक्ष धन बहादुर थापाले आर्यघाटको समस्या रहेको र यो कुरा परिषद बाट पास गराउने आसवासन दिनु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!