कञ्चनपुरमा कालाजारका बिरामी फेला परे

Posted on: 18 Aug, 2017

 भदौ २, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका पदम चौधरीलाई कालाजार भएको पुष्टि भएको छ । कैलालीको सेती अञ्चल अस्पतालमा उपचार गराउँदा उहाँमा कालाजार भएको पुष्टि भएको हो । 

पदमका दाजु राजु चौधरीले भाइलाई कालाजार भएको पुष्टि भएकाले उपचारका लागि आर्थिक अभाव भएको बताउनुभयो । निःशुल्क उपचारका लागि नगरपालिकाबाट सिफारिस बनाएपनि अझै खर्च जुटाउनु पर्ने अवस्था रहेको उहाँले बताउनुभयो । एक सातादेखि पदमलाई सेती अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । 

चिकित्सकका अनुसार सेन्डफ्लाइ नामक भुसुनाको टोकाइले सार्ने लिस्मेनिया नामक परजीवीको संक्रमणका कारण कालाजार हुने गर्छ । साँझ र राति भुसुना बढी सक्रिय हुने गर्दछन् । 

लिस्मेनिया संक्रमित कुकुरलाई भुसुनाले टोकी मानिसलाई टोकेमा कालाजार हुने गर्दछ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!