बैतडीमा सर्पले टोकेर एक महिलाको मृत्यु

Posted on: 15 Aug, 2017

साउन ३१, बैतडी । सर्पले टोकेर बैतडीमा एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा दोगडाकेदार गाँउपालिका–६ सित्तडकी गोमती जोशी छिन् । सोमबार राति भैसीलाई घाँस हाल्ने बेला गोमतीलाई सर्पले टोकेको सित्तड स्वास्थ्य चौकीका इन्चार्ज नैनसिंह गोयलाले जानकारी दिनुभयो । 

उपचारका लागि स्वास्थ्य चौकीमा लैजाने तयारी हुँदाहुँदै राति नै उनेको मृत्यु भएको बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!