बैतडीको पुर्चौडी नगरको बजेट ४५ करोड ४३ लाख

Posted on: 13 Aug, 2017

साउन २९, बैतडी । बैतडीको पुर्चौडी नगरपालिकाले रु ४५ करोड भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । 

शुक्रबार नगरपालिकामा सम्पन्न नगर परिषद्मा रु ४५ करोड ४३ लाख सात हजार ५८६ को बजेट नगरप्रमुख रणबहादुर कुँवरले सार्वजनिक गर्नुभएको हो । 

चालूतर्फ रु पाँच करोड छ लाख ३६ हजार ५०० र पूँजीगततर्फ रु २२ करोड ८९ लाख ९० हजार ७९६ र विषयगततर्फ रु २२ करोड ८९ लाख ९० हजार विनियोजन गरेको छ । 

यस्तै, नगरकार्यपालिकाबाट नगरसभामा पेश हुने नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । यस अनुसार नगरभित्रका सडक सञ्जाललाई प्राथमिकतामा राखिएको छ । 

नगरपालिकामा शिक्षा, स्वास्थ्य, सडकलगायतका विभिन्न विकास निर्माणका कार्यक्रम रहेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!