बझाङमा जहाँ सडक त्यही पहिरो, ग्रामिण सडकको बेहाल

Posted on: 12 Aug, 2017

सम्राट सिंह/साउन २८, बझाङ । सुदुरपश्चिमको विकट हिमाली जिल्ला बझाङमा जहाँ नयाँ सडक निर्माण गरेको छ त्यही पहिरो गएको छ । 

नयाँ निर्माण गरिएका झण्डै १ दर्जन ग्रामिण सडकहरुमा पहिरो जाँदा यातायातका साधनहरु आवत जावत रोकिएको छ । नियम विपरित डोजर लगाएर जथाभावि पहाड काटेर सडक निर्माण गर्दा जिल्लाका ग्रामिण सडकहरु पहिरो गएर सडक बेहाल अवस्थामा छन । 

जथाभावी पहाड काटेर सडक निर्माण गर्दा धेरै ठाउँमा पहिरो गई बस्ती नै बिस्थापित भइसकेका छन । भने धेरैको पहिराकै कारण ज्यान समेत गइसकेको छ ।

यसरी जथाभावी सडक काट्दा पहिरोका कारण ठूला ठूला क्षती बेहोर्नु परेको भएपनि जथाभावी सडक निर्माण गर्ने काम भने रोकिएको छैन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!