टुडिखेल ग्रीनपार्क बनाउन जुटे रोल्पाका साहित्यकारहरु (फोटोफिचर)

Posted on: 09 Aug, 2017


साउन २५, रोल्पा । लामो समयदेखि गाइजात्रा खेप्दै आएको टुडिखेललाई गाइजात्राकै अवसर पारेर ग्रीन पार्क बनाउने भन्दै रोल्पाली साहित्यकारहरुले मंगलबार टुडिखेलको वीच भागमा फूलका वीरुवाहरु रोपेका छन् । 

सरकारी कार्यालयको पहलमा टुडिखेललाई ग्रीनपार्क बनाउन भन्दै पटक पटक बैठक तथा छलफलहरु भइइरहने तर टुडिखेलको मुहार नबदलिने बरु अझ दुषित र दुर्गन्धित बन्न थालेपछि साहित्यकारहरुले गाइजात्रे पर्वको अवसरमा ब्यंग्यात्मक शैलिमा फूलका वीरुवा रोपेका हुन् । 

राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको आयोजनामा  सम्पन्न कार्यक्रममा रोल्पाली स्रष्टाहरुले विभिन्न ब्यंग्यात्म रचनाहरु बाचन गरेका थिए । भट्ट होटेलको अगाडि सम्पन्न भएको गाइजात्रे कार्यक्रममा स्थानीयहरुको बाक्लो भीड देख्न सकिन्थ्यो । 

शाखा अध्यक्ष कविता उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव चाहना शर्मा र लोकेन्द्र सेनले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!