बैतडीमा औषधि भित्रिएपछि केही राहात

Posted on: 06 Aug, 2017


नरी बडु/साउन २२, बैतडी । असारदेखि औषधि अभाव रहेको बैतडी जिल्लाका सरकारी स्वास्थ्य संस्थामा सनिबार औषघि भित्रिएपछि बिरामीहरुलाई केही राहात  भएको छ ।

अति आवश्यक औषधिको सूचीमा पर्ने सिटामोल, आइरन चक्कीलगायतका औषधिको आईतबारबाट उपलब्धता सहज भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डक्टर गुणराज अवस्थीले बताउनुभयो ।

विभिन्न संञ्चारमाध्यमहरुले औषधि अभावको समाचार नियमित रुपमा प्रकासन तथा प्रशारण गरेपछि डक्टर गुणराज अवस्थी आफैले गएर क्षेत्रिय मेडिकल स्टोर घनगढीबाट औषधि ल्याएका हुन् ।

अहिले जिल्लामा अपुग २१ प्रकारका औषधिहरु ल्याईएको डक्टर अवस्थीले बताए । तर अझै पुर्ण रुपमा भने औषधि भित्रिएको छैन् ।

विगत केही दिन स्वास्थ्य संस्थामा औषधि अभाव हँुदा उपचारमा पनि समस्या भएपनि अब सहजता हुने प्राथमिक स्वास्थ्य केन्द्र पाटन, बैतडीका प्रमुख मेडिकल अधिकृत नबिन्द्र ढकालको भनाई भएपनि अब सहजता हुने प्राथमिक स्वास्थ्य केन्द्र पाटन, बैतडीका प्रमुख मेडिकल अधिकृत नबिन्द्र ढकालको भनाई छ ।

उक्त औषघि एक महिनाका लागि पुग्ने जिल्ला स्वास्थ्य कार्यालयले  जनाएको छ । स्थानीय तह नयाँ संरचना अनुसार अब औषधि किन्ने अधिकार स्थानीय तहलाई दिईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!