परीक्षामा अमर्यादित काम गर्न दुई निरिक्षक निस्कासित

Posted on: 05 Aug, 2017

नरी बडु | साउन २१, बैतडी | साउन १९ गतेदेखि संञ्चालन भईरहेको इसईई पूरक परीक्षा अन्र्तगत शनिबार गणीत विषयको परिक्षामा अमर्या्दित क्रियाकलाप गरेको भन्दै बैतडीमा दुईजना निरीक्षकलाई निष्कासन गरिएको छ ।

परीक्षा अनुगमनका क्रममा परीक्षाको मर्यादा विपरीत काम गरेको पाइएकाले दशरथचन्द मावि सुन्दखाली केन्द्रबाट निरीक्षक धर्मानन्द जोशी र जगदम्बा मावि रानीबुंगा केन्द्रबाट निरीक्षक प्रेमराम महरलाई निष्कासन गरिएको जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताउनुभयो ।

परीक्षा अनुगमनका क्रममा मर्या्दित तरिकाले परीक्षा सञ्चालन गर्न केन्द्राध्यक्षहरुलाई समेत निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

एसइइ पूरक परीक्षामा जिल्लामा २ हजार ३ सय ३९ परीक्षार्थीले ग्रेडवृद्धिका लागि परीक्षा दिइरहेका छन् । माध्यमिक शिक्षा परीक्षामा सी ग्रेडभन्दा कम ग्रेड ल्याएका विद्यार्थीको ग्रेड वृद्धिका लागि पूरक परीक्षा सञ्चालन गरिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!