सीमा नदीको पानी सदुपयोग परियोजना बैतडीमा लागू हुने

Posted on: 28 Jul, 2017

नरी बडु/साउन १३, बैतडी । दक्षिण एसियाली अन्तरदेशीय सीमा नदीको पानी सदुपयोग परियोजना बैतडीमा लागू हुने भएको छ ।

महाकाली नदीको तटीय क्षेत्रका बासिन्दाको आर्थिक अवस्था सुधार गर्न एवं सीमा नदीको पानीको सदुपयोग गर्न परियोजना लागू हुने भएको छ । भारतसँग सीमा जोडिएको महाकाली नदी किनारका दशरथचन्द नगरपालिका, पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा परियोजनाले स्थानीय बासिन्दाको जीवनस्तर उकास्ने खालका कार्यक्रम गर्ने बताइएको छ ।

अक्सफाम नेपालको आर्थिक सहयोगमा स्थानीय साझोदार संस्था रुडेसले उक्त परियोजना सञ्चालन गर्ने जिल्लास्थित सरोकारवालाको परिचयात्म कार्यक्रममा जानकारी गराइएको थियो ।

पानीको स्रोतको सही सदुपयोग, नदीमा आश्रित समुदायको गरिबी निवारण, क्षमता अभिवृद्धि, जिविकोपार्जन, बाढीप्रकोप पूर्व सूचना संयन्त्रलगायतका क्षेत्रमा काम गर्ने रुडेसका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!