सल्यानमा घर भत्कदा ३ जना घाइते

Posted on: 27 Jul, 2017

साउन १२, सल्यान । 

सल्यानमा घर भत्कदा ३ जना घाइते बनेका छन । कुमाखमालिका ३ रागेचैरमा टिकाराम रानाको घर भत्कदा उनका छोरा उमेश राना, दल बहादुर राना र पुष्पा राना घाइते बनेका हुन । सामान्य अवस्थामा रहेका उनिहरूलाइ स्थानिय स्वास्थ्यसंस्थामा उपचार गरिएको छ । घरको एकातिरको छाना र वार्दली भत्किदा अनुमानित ४ लाख जतिके क्षति पुगेको टिकाराम रानाले जानकारि दिएका छन । बर्षाका कारण उनको २ तले घर भत्किदा परिवारलाइ बस्न समस्या हुने भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!