पत्रकार महासंघ सल्यानले सूचना देउ भन्यो

Posted on: 27 Jul, 2017

साउन १२, सल्यान ।

सल्यानमा सूचनाको हक सम्बन्धी एक दिने अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सल्यानको आयोजनामा भएको कार्यक्रममा सूचनाको हक सम्बन्धी सहभागिहरुलाई जानकारी गराइएको छ । कार्यक्रममा सूचनाको हकका बारेमा सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनले सहजीकरण गरेका थिए । 

कार्यक्रममा सहभागिहरुले सूचना दिने र माग्नेहरु उत्तिकै जिम्मेवार हुनुपर्ने बताएका छन । जिल्लाका पत्रकारहरुले सूचना मागेर जनतासम्म नपु¥याएको भन्दै सहभागिले त्यसको बारेमा चनाखो बनेर पत्रकारलाई जिम्मेवारपुर्ण तरिकाले काम गर्न आग्रह गरेका थिए । कार्यक्रमकी प्रमुख अतिथी शारदा नगरपालिकाकी उपप्रमुख सावित्रा बस्नेतले सूचनाको हकको कुरा गर्नेहरुले आफैले सूचनाको बारेमा जानकारी दिनुपर्ने बताएकि थिइन । सूचनाको बारेमा सबैभन्दा बढि जिम्मेवार पत्रकार हुने भएकाले यसतर्फ ध्यान दिन सहभागिले बताएका थिए ।

त्यस्तै पत्रकारले मात्रै नभएर सबैका लागि सूचना दिन सकिने भन्दै सरोकारवालाहरुले त्यसकालागि माग्नेहरु पनि जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताएका थिए । कार्यक्रममा पत्रकारहरुले सूचनाको प्रक्रिया झन्झटिलो भएको भन्दै दुखेसो पोखेका थिए । शाखा अध्यक्ष प्रतिक इच्छुक शर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहसचिव शिव डाँगीले गरेका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!