दोलखामा प्रहरीद्वारा अवैध गाँजा खेती नष्ट

Posted on: 26 Jul, 2017

ताराबहादुर महत । श्रावण ११, दोलखा । पछिल्लो समय दोलखामा अपराधिक गतिविधि न्युनिकरण गर्न प्रहरीको सक्रियता बढेको पाईएको छ ।

अपराध न्युनिकरणका लागि सक्रियता देखाउने क्रममा आज भिमेश्वर नगरपालिका वडा नम्बर ६ को लेख टोलमा अवैध रुपमा उत्पादित जाँगा खेती नष्ट गरेको छ ।  उक्त टोलका विभिन्न व्यक्तिको बारी तथा करेशा बारीमा उत्पादित अन्दाजी पाँच सय बोट गाँजा फडाँनी गरी स्थानियबासीको रोहबरमा आगो लगाएर नष्ट गरिएको दोलखा प्रहरीले जनाएको छ ।

एक महिनाअघि दोलखा प्रहरी प्रमुखको रुपमा प्रहरी नायब उपरिक्षक रामेश्वर कार्की आएपछि अपराधिक क्रियाकलाप न्युनिकरणमा प्रहरी सक्रियता थप बढेको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!