आर्थिक अभावमा रोग पाल्न बाध्य छिन मुगुकी यी महिला

Posted on: 08 Jul, 2017


नन्द बहादुर रोकाया/असार २४, मुगु । जिल्लाको उत्तरी सोरुगाउपालीकामा एक महिला आर्थिक अभावमा रोग पाल्न बाध्य भएकी छन । 

सोरुगाउपालीका वडा नं ११ धैनकोटकी औकला मल्ल आर्थिक अभावमा रोगपाल्न बाध्य भएकी हुन । उहा लाई पित्तथैलीमा पथ्थरी भएको छ तर आर्थिक अभावमा उपचार गराउन सक्नु भएको छैन । तिन बर्ष देखि औकला रोग संग लडी रहनु भएको छ  । 

अध्याधिक पेट दुखने रोगले ग्रसित औकला बारम्बार पेट दुखने गरेपछी केहि उपचार हुन्छकी भन्र्दै दुईदिनको पैदल यात्रागरी सदरमुकाम उपचार गर्न आएको र रारा अस्पतालमा चेकजाच गराउदा डाक्टरले पथ्थरी भएको र उपचार गर्न तराईमा जान सल्लाह दिएपनी आर्थिक अभावमा उपचार नगरी रोग पालेरै बाच्न बाध्यभएको दुखेसो गनुभयो । 

३ बर्ष अगाडी चेकजांच गराउदा पेटमा पथ्थरी  भएको थाहा पाएपनी आर्थिक अभावमा उपचार गर्न तराईमा जान सक्ने स्थिती नभएकाले नगहेको र घरेलु माध्यमकै तवर बाट उपचार भईरहेको उहाले बताउनुभयो । आर्थिक भय औषधी गर्न जानऔ  छैन त के गरु मर्नु बाहेक अरु केहि छैन उहाले भन्नुभयो । 


आफुले  अहिले अध्याधिक पेटदुख्न थालेपछी घरेलु उपचारका रुपमा हसियाका वाता हाल्ने गरेको र केहि थरक ( सन्चो ) हुने उहाको भनाई छ । उहाले रेडियो मुगु संग कुराकानी गदै घरमा कमाउने कोहि नभएकाले पनी यस्तो समस्या भएको बताईन । 

घरमा ६० बर्षका श्रीमान र एक अपाङग छोरो भएकाले पनी आर्थिक को जोहो गर्न नसकिएको दुखेसो गर्नुभयो । यसै बिच उहाले सबैमा आप्नो जिवन बचाईदिन आग्रह गरेकी छन । कोई कसैले सहयोग गरे आफु यो संसार बाच्ने र सहयोग नगरे आज हो कि भोली थाहा छैन आंखा रसाउदै औकलाले दुखेसो पोखिन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!