रक्सी खाएर होहल्ला गर्ने तीन म्यादी प्रहरी बर्खास्त

Posted on: 14 Jun, 2017

जेठ ३१, बैतडी । बैतडीमा रक्सी खाएर होहल्ला गर्ने तीनजना म्यादी प्रहरी बर्खास्त भएका छन् ।

गएको चैतमा म्यादी प्रहरीमा भर्ना भएका सुर्नयाँ गाउँपालिकाका रामसिंह महारा, नरेन्द्र सिंह ऐरी र धर्मबहादुर मडैलाई बर्खास्त गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नावय उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

उनीहरुले म्यादी प्रहरीको आवास गृहमा राति रक्सी खाएर प्रहरी अनुशासन विपरितको काम गरेकोले बर्खास्त गरिएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!