चमेलिया नदीमा एक किशोर बेपत्ता

Posted on: 08 Jun, 2017

जेठ २५, बैतडी | चमेलिया नदीमा पौडी खेलिरहेका बेला आज साँझ ५ बजे एक किशोर बेपत्ता भएका छन् । 

बेपत्ता हुनेमा बैतडी डिलाशैनी गाउँपालिका– ५ गोकुलेश्वर मगराउँका १६ वर्षीय राजु नाथ (नवीन) रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । 

ट्युबमाथि चढेर चमेलिया नदीमा पौडी खेलिरहेका बेला उनी एक्कासी बेपत्ता भएका हुन् । बेपत्ता किशोरको प्रहरी र स्थानीय बासिन्दाले खोजी कार्य गरिरहेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!