खाँडाचक्र नगरलाई ५ बर्षमा छाउपडी प्रथा मुक्त गराउने घोषणा

Posted on: 29 May, 2017


दलसिंह गिरी/जेठ १५, कालिकोट । खाँडाचक्र नगरपालिकालाई अबको ५ बर्षमा छाउपडी प्रथा मुक्त नगरपालिका बनाउने घोषणा गरिएको छ । 

परावूर्बकालदेखि संस्कारको रुपमा जगेडिएर रहेको छाउपडी प्रथा अबको ५ बर्षमा नगरपालिकाबाट उन्मुलन गर्ने घोषणा गरिएको हो । यहि जेठ १४ गते महिनावारी स्वच्छता दिवसको अवसर पारेर खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले अबको ५ बर्षमा नगरलाई छाउपडी प्रथा मुक्त बनाउने घोषणा गर्नु भएको छ । 

यसका लागि गाउँ–गाउँमा जनचेतना मुलक कार्यक्रम संचालन गर्ने र त्यसरी पनि परिर्वतन हुन नचाहेमा नगरपालिकाले प्रदान गर्ने सेवा सुबिधा समेत रोक्का गर्ने नगरप्रमुख पाण्डेले बताउनु भएको हो । 

कार्यक्रमा रास्कोट नगरपालिका प्रमुख काशीचन्द बरालले जनताहरु संग समन्वय र सहकार्य गर्दै उनीहरुका आनीबानिमा परिर्वतन गरेर छाउपडी प्रथा अन्त्य गर्ने बताउनु भएको छ । ¥याली पछिको कोण सभामा जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले महिलाका लागि सेनिटरी प्याट बितरण गरेको छ । 

कार्यक्रममा स्थानीय महिला, कार्यालय प्रमुख र सरोकारवाला निकायको सहभागिता रहेको छ । किर्डाक नेपाल, साहस नेपाल, किशोरीहरुका दिन नेपाल र बि गुप कालिकोटको सहयोग तथा जिल्ला समन्वय समिति कालिकोट र महिला तथा बालबालिका कार्यालय कालिकोट आयोजना दिवस कार्यक्रम संचालन भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!