बैतडीमा छिमेकका बच्चालाई जोगाउँदा आमाछोरीलाई भेलले बगायो

Posted on: 11 May, 2017

सास/बैसाख २८, बैतडी । एक्कासी परेको मुसलधारे बर्षासंगै आएको भेलले बगाएर जिल्लाको दशरथचन्द नगरपालिका ६ सुकुट्टीमा आमा र छोरीको मृत्यू भएको छ ।

बुधबार साँझ ५ बजेतिर घर नजिकैको सुख्खा खोलामा आएको भेलले स्थानीय मदन महरकी २३ वर्षीया श्रीमति सुनिता महर र ७ बर्षीया छोरी करिष्माको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

स्थानीय न्वालोमा लुगा धुदै गर्दा एक्कासी भेल आउदा दुवै जना बगेका थिए । नालामा छिमेकीका अन्य दुई बालबालिकासमेत थिए । उनीहरुलाई छेउमा पुर्याएर छोरीलाई तान्न खोज्दा दुबैलाई बगाएको बताइएको छ ।

खोलाको माथि दशरथचन्द नगरपालिकाको डम्पिंग साईट छ । जिल्लाको सदरमुकाम गडी, गोठलापानी लगायतका ठाँउको भल उक्त खोलामा बग्छ । घटनाबारे थम बिरण बुझ्न प्रहरीको एक टोलि घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!