बैतडीमा एकजना मृत अवस्थामा भेटिए

Posted on: 09 May, 2017

बैशाख २६, बैतडी । बैतडीको दुगडाकेदार–३ श्रीकोटमा आज बिहान एकजना मृत अवस्थामा फेला परेका छन् । 

मृत अवस्थामा फेला पर्नेमा सोही ठाउँका ५८ वर्षीय डम्बरबहादुर चन्द रहेका खोचलेक प्रहरी चौकीका इन्चार्ज हरिसिंह धामीले जानकारी दिनुभयो । 

सोमबार साँझ स्थानीय खोचलेक बजार आएका चन्द साँझ घर नफर्केपछि आज बिहान मृत अवस्थामा फेला परेका हुन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!