दशरथचन्द स्वास्थ्य चौकी पुर्ण संस्थागत सुत्केरी घोषणा

Posted on: 30 Apr, 2017

सास, बैसाख १७, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–५ मा अवस्थीत दशरथचन्द स्वास्थ्य चौकीको कार्य क्षेत्र भित्र पर्ने ठाँउलाई शनिबार एक भव्य कार्यक्रमका बिच पुर्ण संस्थागत सुत्केरी घोषणा गरिएको छ ।

उक्त क्षेत्रमा रहेका सबै आमाहरुले स्वास्थ्य संस्थामा बच्चा जन्माएपछि संस्थालाई शनिवार पुर्ण संस्थागत सुत्केरी घोषणा गरिएको हो ।

बैतडी जिल्लाले पुर्ण संस्थागत सुत्केरी घोषणाको अभियान चालेपछि उक्त संस्थामा ७२ जना आमाहरुले सुत्केरी सेवा लिएको स्वास्थ्य चौकीका इन्चार्ज राजेन्द्रप्रसाद भट्टले बताए । दशरथचन्द स्वास्थ्य चौकी पुर्ण संस्थागत सुत्केरी घोषणा हुने आठौँ स्वास्थ्य संस्था हो ।

दशरथचन्द नगरपालिकाका कार्यकारी अधिकृत अर्जुन शर्माको अध्यक्षतामा आयोजना गरिएको घोषणा सभाको बैतडी सहायक प्रमुख जिल्ला अधिकारी दिपक कुमार आर्चार्य प्रमुख अथिति रहनुभएको थियो ।

सबैको प्रयासले बैतडीमा पुर्ण संस्थागत सुत्केरी घोषण हुने क्रम तिब्र रुपमा चलिरहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डक्टर गुणराज अवस्थीले बताए ।

आमा र बच्चाको ज्यान जोखिमबाट पर्नबाट बचाउन अहिले जिल्लाका विभिन्न दुर्गम ठाँउहरुमा पनि सुरक्षित प्रसुति सेवा केन्द्र स्थापना भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!