मुगुमा मिनी ट्रक दुर्घटना, दुई घाईते

Posted on: 09 Apr, 2017

चैत २७, मुगु | मुगुमा मिनी ट्रक दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । सुर्खेतको विरेन्द्रनगरबाट मुगु सदमरमुकाम गमगढीका लागि आउदैँ गरेको ना ५ ख २७३६ नम्बरको मिनी ट्रक दिउसोँ २ दुर्घटना भएको हो । 

दुर्घटनामा गाडी चालक मान बहादुर बस्याल र उनकी बहिनी लक्ष्मि बस्याल घाईते भएका छन् । घाईतेहरुलाई दुर्घटना भएको स्थलबाट सदरमुकाममा रहेको जिल्ला अस्पतालमा ल्याईदैछ । छायाँनाथ रारा नगरपालिकाको वडा नम्बर ८ मा पर्ने दुर्घटना स्थल सदरमुकाम गमगढीबाट झण्डै किलोमिटरको दुरी टाढा रहेको छ । 

घाईतेहरुको ठेगाना अहिलेसम्म नखुलेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । 

- नन्द बहादुर रोकाया

यस बिषयमा तपाइको प्रतिक्रिया...!