गमगढी बजारमा नाक थुनेर हिड्नु पर्ने बाध्यता

Posted on: 07 Apr, 2017

नन्द बहादुर रोकाय/चैत २५, मुगु । जिल्लाको मुटुका रुपमा रहेको मुगु सदरमुका गमगढी बजार फोहरमैला व्यवस्थापनको कार्य नहुँदा दुर्ग्िन्धत बन्दै जान थालेको छ । 

जताततै फोहरमैला थुपार्ने कार्य हुन थालेपछि बजार क्षेत्रमा नाक थुनेर हिँड्नुपर्ने अवस्था रहेको छ । सदरमुका गमगढी देखि जुम्ला जाने मुल बाटोमा पर्ने गमगढी देखि चैन खोला सम्मको ढल निकास व्यबस्थित नहुदा पनी यस्तो समस्या भएको हो गमगढी देखि चैन खोला सम्मको ढलमुल बाटोमापर्छ । 

तर व्यबस्थितनिकास नहुँदाढलको पानीपनि बाटामै बग्छ । दिनहुँगाउँगाउँ बाट कामकालागिसदरमुकाम गमगढी आउने स्थानीयलाई  आवतजावतमा नै समस्याभएको सदरमुकाम आउदै गरेक स्थानीय पदम नेपालीले बताए । २०६९ सालम १४ लाख.खर्चगरेर बजारको ढल बनाइयो । तर एक बर्ष नपुग्दै.पछि त्यो कामनलाग्ने भयो ।अहिले ढलस्थानीयको निजि जग्गामा निकास भएको छ  । स्थानीयले ढल निकासको उचित व्यवस्थापन का लागि माग गरेको बसउ बर्षभैसक्यो । 

तर अहिलेसम्म सुनुवाइ नभएको छाँयानाथ रारा नगरपालीकाका रवि रावतले गनासो गरे । स्थानीय भन्छन्, ढल बजारको पानीनिकासको लागिबनाइएको होइन । तर अहिले माथिल्लो बजारको पानीपनीत्यहि ढलमामिसाइएको छ । मुख्य ढलबाट पानीसहजै निकाश हुन नसक्दा दुर्गन्ध फैलिएको हो । ढलको पानी मान्छे हिंड्ने बाटोबाटै बग्छ । बजारक्षेत्रमा डम्पीङ साईड नहुँदा बजारका फोहोर पनि त्यससंगै मिसिन्छन् । 

यसले गर्दा पानीजन्य रोग फैलिने खतरा बढ्दैछ भन्छन् .रारा अस्पतालका चिकित्सक रमेश खड्का । ढलको मूलनिकास चैनखोलाहो । तर सानो ढलमा धेरै तिरका नाली मिसाउँदा थेक्न नसकेर ढल निजी जग्गामाफुटेको छ । बजारमा दुर्गन्ध फैलिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!