वाघले खाएको कुखुराको क्षतीपुर्ती

Posted on: 03 Apr, 2017

पर्वत । स्याल, बाघले खाएको कुखुराको मुल्य पनि पाइन्छ र भन्ने कतिपयको मनमा होला ? चोरी भएको कुखुरा भएको भए र चोर पक्राउ परेको भए कुखुराको मुल्यबराबरको रकम पाउनु स्वभाविक हो तर बाघलेनै खाएको कुखुराको क्षतीपूर्ति यहाँकी एक कृषकले पाइन भन्दा तपाइहरुलाई अचम्म लाग्ला तर यो सत्य हो ।

 आखिर बाघले खाएको कुखुराको क्षतीपूर्ति उनलाई बाघले दिएको कि वा कसरी पाइन भन्ने पनि तपाइहरुको मनमा होला ? तर पर्वतको फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीकी सीता तिवारीले वाघले खाएको कुखुराको क्षतीपुर्ती रकम पाएकी छन् ।


 तिवारीले नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गतको युवा तथा साना व्यवशायीक स्वरोजगार कोषले संचालन गरेको युवा साझेदारी कार्यक्रम अन्तर्गत सिर्जनशिल वहुउद्देश्यीय सहकारी संस्था मार्फत गत वर्ष रु.१ लाखको लगानीमा २२५ वटा कुखुरा पालेकी थिइन् । 

कुखुरा हुर्केर वजार लाने तयारी गर्दा फर्ममानै पसेर वाघले २०० वटा कुखुरा नष्ट गरेको थियो । सो व्यवशाय युवा स्वरोजगार कोषवाट नै वीमा भएको थियो जसले गर्दा रु.२७ हजार व्यवशायी सिता तिवारीले प्राप्त गरेकी हुन्  । 


सो रकम सहकारी संस्थाका अध्यक्ष देवीप्रसाद तिमिल्सिनाले फलेवास नगरपालिका वडा नं. ३ का वडा सचिव पूर्ण वहादुर भण्डारी र वडा नं ३ का प्राविधिक सहायक कृष्ण वि.क.ले व्यवशायी सिता तिवारीलाई  हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा  वोल्दै व्यवशायी सिता तिवारीका श्रीमान दुर्गा प्रसाद तिवारीले सिर्जनशिल वहुउद्देश्यीय सहकारी संस्थाको पहल, युवा तथा साना व्यवशायी स्वरोजगार कोष र राष्ट्रिय वीमा संस्थानको सहयोगमा हाम्रो व्यवशायवाट भएको क्षतिको राहात मिलेकोमा खुसीे व्यक्त गर्नुभयो  ।

 उहाँले व्यवशाय विस्तार गरी तरकारी तथा अन्य व्यवशाय वढाउने र अरु किसानलाइले समेत कृषि तथा पशु व्यवशायको वीमा गर्न सल्लाह दिनु भयो ।


यस भन्दा पहिला समेत सोही ठाउमा व्यवशायी सुर्य प्रसाद लामिछानेको कुखुरा वाघले खाएकोमा राष्ट्रिय वीमा संस्थानवाट रु.७८,४०० प्राप्त गरी सिर्जनशिल वहुउद्देश्यीय सहकारी संस्थाले व्यवशायीलाई उपलव्ध गराएको थियो ।

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!