बैतडीमा एकैदिन तीन जाना मृत भेटिए

Posted on: 02 Apr, 2017

सास/चैत २०, बैतडी । बैतडीको छुट्टा–छुट्टै ठाँउमा आईतबार मात्रै तीन जना मृत अवस्थामा फेला परेका छन् । 

मृत भेटिनेमध्ये एक महिला र दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिल्लाको सिगास गाँउपालिका– १ मैतडमा जिकैको पानीघट्टमा मकै पिध्न गएकी एक महिला नजिकैको खोलामा मृत भेटिएकी छिन् । उनको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । 

मैतडीकी ३५ बर्षिया लालमती बोहराको हत्या भएको अवस्थामा सव फेला परेको हो । उनको टाउकोमा दाउरा र ढुंगाले हिर्काएर हत्या गरिएको मृतकका देवर पठान बोहराले बताए । घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीको एक टालि घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख हेरम्ब शर्माले बताए ।

मृतक लालमतीका १ छोरा र दुई छोरी छन् । उनका श्रीमान हरिभान बोहरा कामको सिलसिलामा भारतमा छन् । यस्तै चैत्र १५ गतेदेखि वेपत्ता भएको बैतडीको दशरथचन्द नगरपालिका– १० बुढ्ढा का ६० वर्षिय नरबहादुर चन्द पनि आज स्थानीय सामुदायिक वनमा मृत फेला परेका छन् ।

उता शनिबार देखि सम्पर्कमा नआएका डिलाशैनी गाँउपालिका–३ अम्मरपानीका ५० वर्षिय बिरपल भुल पनि घर नजिकैको भिरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । भुलले भिरबाट हाम फालेर आत्माहत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!