लागुऔषध नियन्त्रण गर्न नागरिक र प्रहरीको हातेमालो

Posted on: 23 Mar, 2017

पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले लागुऔषध नियन्त्रण गर्न नागरिक र प्रहरी विच हातेमालो गर्दैछ । प्रहरीले जनसमुदायसँग सुमधुर सम्वन्ध स्थापित गर्ने अभियानकै पछिल्लो रुपमा जिल्ला लागुऔषध नियन्त्रण समिति गठन भएको छ ।


जिल्ला प्रहरी कार्यालयको सभाहलमा बुधवार सम्पन्न भएको सरोकारवालाहरुको छलफल पछि यो समितिको गठन भएको हो । समितिमा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि संयोजक रहने गरी जिल्लामा क्रियाशील विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु सदस्य रहने छन् ।समितिमा जिल्ला स्वास्थ्य कार्यालयबाट अहेव लक्ष्मण उपाध्याय, जिल्ला शिक्षा कार्यालय विद्यालय  निरीक्षक झलकनाथ आचार्य, पत्रकार महासंघ पर्वत उपाध्यक्ष प्रनिश गिरी, सामुदायिक प्रहरी कुश्मा अध्यक्ष मानकुमारी गिरी, जनकल्याण सामुदायिक महिला समूह शान्ति आचार्य, रोट¥याक्ट क्लव पर्वत अध्यक्ष आरसी पौडेल सदस्य रहेका छन् ।


लागुऔषधको समस्यालाई न्यूनीकरण गर्न समुदायको सहयोग र सहकार्यमा मात्र सम्भव हुने हुनाले नागरिक समाज र प्रहरी विच हातेमालो गर्न लागिएको डिएसपी शेखर खनालले बताए ।


 लागुऔषधका कारण व्यक्तिको ज्यान जाने मात्र नभई सवैखाले अपराधलाई समेत बढावा दिने हुँदा प्रहरी संगठन नागरिकसँग मिलेर अगाडि बढ्न थालेको डिएसपी खनालको तर्क छ । कार्यक्रममा       प्रहरी निरीक्षक लिलाराज लामिछाने लगायतको सहभागीता थियो । समितिले लागुऔषध नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रमलाई शसक्त ढंगले लैजाने बताइएको       छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!