मंगलबार रातीदेखि बेरोजगार युवाहरुको बैकमा लाइन, पालो नपाएपछि कुश्मिसेरा शाखामा पुगे

Posted on: 22 Mar, 2017

पर्वत । पहिलोपटक नेपालमा कोरियन भाषा परीक्षाका लागि अनलाइनबाटै फारम भर्ने सुविधा दिइएपछि घण्टौंसम्म लाइन बस्नुपर्ने बाध्यता हट्ने धेरैको विश्वास थियो । तर, दृष्य भने त्यसविपरित देखियो । 

पर्वत जिल्लामा बरोजगार युवाको संख्या कति छ भन्ने कुरा विहान तीन बजेदेखि शुरु भएको युवाहरुको लाइनले देखाइरहेको थियो । देशमानै केहि काम गर्न क्षमता भएता पनि सोही अनुसारको व्यवस्थापन हुन नसक्दा विदेशमा श्रमजिवीका रुपमा कोरियाा जानको लागि मंगलबार देखि मध्यरातमा खुलेको अनलाइन फारम भर्नको लागि युवाहरुको ठूलै जमात देखिन्थ्यो । 

यस्तो लाग्दै थियो कि युवाहरु श्रमजिवीको लागि विदेशमा बेचिनको लागि समेत लाइनमा बस्न तयार छन् ।

Image may contain: 8 people, crowd and outdoor

विगतका बर्षमा फर्म भर्नको लागि लामो लाइनमा बस्दै आएका युवाहरु अनलाइन फारम खुलेसँगै  लाइनमा बस्ने बाध्यता कम हुन्छ कि भन्ने आशमा भएता पनि त्यो भने हट्न सकेन । ग्लोबल आइएमी बैकका कोरियिन भाषा परीक्षाको लागि राती देखि बसेका सर्यौ युवाहरुको संख्याले अझै पनि युवाहरु काम गर्नको लागि लाइनमा बस्नुपर्ने बाध्यता नहटेको देखाएको छ । 


फरक केमात्रै भयो भने फारम लिनका लागि यसअघि घण्टौंसम्म लाइनमा बस्न बाध्य हुनेहरु यसपटक बैंकमा भौचर बुझाउनका लागि लाइन बस्न बाध्य भए ।

ग्लोबल आईएमई बैंकका शाखाहरुमा रकम जम्मा गर्ने परीक्षार्थीहरुको बुधबार बिहानैदेखि पर्वतमा लाइन बसेका थिए । कुश्मा शाखामा भीड लागेपछि फर्म भर्नको लागि उत्तरी र पूर्व भेगबाट आएका युवाहरु बाग्लुङ कुश्मीसेराको यात्रामा साँझपख लागेको समेत देखिन्थ्यो । आइएमीमा पालो नआएपछि युवाहरु छिमेकी जिल्लाको ग्रामिण क्षेत्रमा रहेको बैकमा जान बाध्य थिए ।

रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत सन् २०१८ को कोरियन भाषा परीक्षाको अनलाइन फारम मंगलबार राति १२ बजेदेखि खुलेको छ । आवेदन फारम चैत १८ गतेसम्म बुझाउन सकिन्छ ।

Image may contain: 10 people, crowd and outdoor

Image may contain: 3 people, crowd and outdoor

यस बिषयमा तपाइको प्रतिक्रिया...!