बैतडीमा एसइइ परीक्षा दिइरहेका १८ वर्षीय किशोरको मृत्यु

Posted on: 22 Mar, 2017

चैत ९, बैतडी । माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षा दिइरहेका बैतडीका एक परीक्षार्थीको अन्जानमा उच्चरक्तचापको औषधि खाँदा मृत्यु भएको छ । 

मृत्यु हुनेमा दशशथचन्द नगरपालिका–५ का १८ वर्षीय कैलाश दमाई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । 

कैलाशले सोमवार आमाका लागि ल्याएको रक्तचापको औषधी सेवन गरेको र थप उपचारका लागि कैलाली लैजाँदै गर्दा मंगलबार बिहान बाटो मै मृत्यु भएको प्रहरीले बताएको छ । 

दशरथचन्द मावि सुन्दरखालीमा अध्ययनरत कैलाश शाहीलेकमा रहेको वीरेन्द्र मावि केन्द्रबाट एसइइ परीक्षा दिइरहेको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक शङ्कर जोशीले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!