जिविस गाउँपालिका विघटनपछि गाउँपालिका मार्फत काम सुरु

Posted on: 18 Mar, 2017


दान बहादुर बुढा/चैत ३, मुगु । सरकारले गएको सोमवार देखि जिल्ला विकास समिति र गाउँ विकास समिति पुराना स्थानीय संरचना खारेज गरे पछि जिल्लामा नयाँ संरचना अनुसार गाउँ पालिका स्थापना गरि स्थानीय तहका काम सुचारु हुन थालेका छन ।

पुराना स्थानीय निकायको खारेजी पछि गाविस र जिविस मार्फत काम कसरी गर्ने भन्ने विषयमा अन्यौलता बढिरहेको भने पनि जिल्ला विकास समितिले राज्यको नयाँ संरचना अनुसार जिल्लामा कायम गरिएका गाउँ पालिका र नगर पालिकामा जिल्ला समन्वय समितिले कार्यकारी अधिकृत  तोकि स्थानीय निकायका कामहरु सुचारु गर्न निर्देशन दिएको जनाएको छ । समन्वय समितिले जेष्ठता र योग्यताका आधारमा तिनवटा गाउँ पालीका र एउटा नगरपालीकाका लागि कार्यकारी अधिकृत खटाएको छ । 

रारा छायानाथ नगरपालिकामा नन्दबहादुर , सोरु गाउँ पालिकाका लागि राजेन्द्र महत, खत्याड गाउँ पालिकाका लागि अमृत शाही र करान गाउँ पालिकाका लागि मणिचन्द्र कार्कीलाई खटाएको जिल्ला समन्वय समितिका संयोजक बिजयराज पौडेलले जनाएको छ ।

सरकारले वडा पालिका तथा गाउँ पालिकाका लागि थप कर्मचारी नपठाउदासम्म समितिले तोकेर पठाएका गाउँ पालिका कार्यकारी अधिकृत र वडा पालिकामा पहिलेका गाविस सचिवलाई काम चलाउन निर्देशन दिएको जिल्ला समन्वय समितिका संयोजक विजयराज पौडेलले जानकारी दिए ।

 जिल्ला विकास समितिले र रारा छायानाथ नगर पालिकाले नयाँ संरचना अनुसार काम गर्ने गरि कार्यालय स्थापना गरि सकेका छन । जिल्ला समन्वय समितिले गाउँ पालिकाहरुमा कर्मचारी खटनपटन गरिरहेको छ भने सदरमुकाम गमगढी क्षेत्रमा रारा छायानाथ नगर पालिकाले नयाँ संरचना अनुसार कार्यालय स्थापना गरि जन्म दर्ता , मृत्यु दर्ता , नागरिकता तथा राहदानीका सिफारिस गर्ने लगायतका कामहरु सुरु गरि सकेको जनाएको छ । 

सात गाविस रहेको सोरु गाउँ पालिका, पाँच गाविस रहेको करान गाउँ पालिकामा काार्यकारी अधिकृत तोकिए पनि कार्यालय स्थापना कहिले हुन्छ भन्ने जानकारी आएको छैन । उता सात गाविसको खत्याड गाउँ पालिकाले चैत्र पाँच गते कार्यालय स्थापना गरिने जनाएको छ ।  

नगर पालिकाले नयाँ संरचना अनुसार काम सुरु गरे पनि नगर पालिका भित्र पर्ने १४ वटा वडा पालिकाका लागि छाप, रजिष्टर , लेटर प्याड छाप्ने काम गरे पनि यथ्यष्ट रुपमा नयाँ संरचना अनुसार कसरी काम गर्ने भन्ने निती निर्देशन प्राप्त नभएकाले काम गर्न केही अन्यौलता रहेको नगरपालिकाले जनाएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!