भारतमा हिमपहिरामा परी दुई नेपालीको मृत्यु

Posted on: 13 Mar, 2017

फागुन ३०, बैतडी । भारतको पिथौरागढमा हिमपहिरामा परी दुई नेपालीको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । 

मृत्यु हुनेमा बैतडी पुर्चौडी नगरपालिका–२ महादेवस्थानका ५० वर्षीय मोहन चन्द र दार्चुला हुती–८ का २१ वर्षीय शरद कुँवर छन् । सोही ठाउँका २० वर्षीय भूपेन्द्र कुँवर भने हिमपहिरामा परी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो । 

भारत, पिथौरागढ जिल्लाको विकट बुदीको सुवा भन्ने ठाउँमा उनीहरु फागृुन २६ गते राति हिमाली च्याउ खोज्न गएको बताइएको छ । दुवैको शव परीक्षणका लागि भारतको धार्चुलामा रहेको एक अस्पतालमा राखिएको तथा बेपत्ताको खोजी जारी रहेको भारतीय प्रहरीलाई उद्धृत गर्दै दार्चुला प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!