मुगु जिबिसको साइनबोर्ड फेरियो

Posted on: 11 Mar, 2017

दान बहादर बुढा/फागुन २८, मुगु । मुगु जिल्ला बिकास समिति नाम लेखिएको साइनबोर्ड शनिबार बिहान निकालेर जिल्ला समन्वय समिति लेखिएको साइनबोर्ड टासिएको छ । 

आज बाट मुगु जिबिस नाम हटेर जिल्ला समन्वय समिति भएको छ गाविसका साइबोर्ड पनि फेरिएका छन् ।

गाविस लाई वडापालिकामा रुपान्तर गरिएको छ । जिबिस र गाविसका लेटर प्याड, छाप पनि परिर्बतन भएका छन् । संघीय संरचना अनुशार वडापालिका, गाउपालिका र जिल्ला समन्वय समिति मार्फत काम संचालन शुरु भयो जिल्ला समन्वय समितिका अधिकारी बिजयराज पौडेलले जानकारी गराए । मुगुमा खत्याड गाउपालिका, सोरु गाउपालिका र मुगम कार्मारोड गरि ३ वटा गाउपालिका र एउटा छायानाथ रारा नगरपालिका सहित ४५ वडा रहेको पौडेलको भनाई छ । अब मुगुमा नया संघीय संरचना बमोजिम काम गर्न करिव १ सय ७५ जना कर्मचारी आबश्यक रहेको अधिकारीले बताए ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!