विवाह गर्न नपाएको झोँकमा प्रेमीप्रेमीकाद्वारा आत्महत्या

Posted on: 08 Mar, 2017

फागुन २५, बर्दिया । विवाह गर्न नपाएको झोकमा बर्दियाका एक जोडी किशोरकिशोरीले सामूहिक आत्महत्या गरेका छन् । 

बर्दियाको धधवार गाविस–७ का शत्रुधन थारु र सोही स्थान की १३ वर्षीय शर्मिला चौधरीले आज घर भित्रै विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताउनुभयो । घर बाहिर केटा र केटी पक्षका आफन्तबीच छलफल भइरहेका बेला घरभित्र रहेका उनीहरुले विष सेवन गरेको बोहराले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!