सुरक्षित महिनावारी सञ्जालद्वारा विद्यालयमा अन्र्तक्रिया

Posted on: 26 Feb, 2017

फागुन १५, बैतडी । सुरक्षीत महिनावारी राष्ट्रिय अभियान सञ्जाल बैतडीले निंगलासैनी माबि देहिमाण्डौमा अन्तक्रीया कार्यक्रम गरेको छ । चौथो महिनावारी राष्ट्रिय अभियान सञ्जालको अवसरमा बिद्यार्थिसंग अन्तक्रीया गरेको हो ।

स्वस्थ रहने हाम्रो चाहना, सुरक्षीत महिनावारी हाम्रो अधिकार,सुरक्षीत महिनावारीका लागी हाम्रो राष्ट्रिय सझा अभियान भन्ने नाराका साथ सञ्जालले आज दिवस मनाएको हो । दिवसका अबसरमा आयोजना गरेको कार्यक्रममा सहभागी छात्राले आफुहरु महिनावारी भएको बेलामा बिद्यालय आउन गाह्रो हुने गरेको बताउनु भयो । बिद्यालयमा महिलामैत्री शौचालय भएपनी अझै सजिलो हुन नसकेको बताउनु भयो । महिनावारी भएको बेला सधै बजारको प्याड किनेर प्रयोग गर्ने गरेकाले आफुले कसरी घरमा प्याड बनाएर प्रयोग गर्ने भन्ने बारे नबुझेको कक्षा ९ मा अध्यानरत छात्रा सिता बोहराले बताउनु भयो । आफुहरु छाउ भएकोबेला घरबाट अलगै बस्ने गरेको र दहि, दुध खायो भने मान्छेलाइ छोयो भने देवता रिसाउछ भन्ने मान्यताले आफुहरुले कसैलाइ नछोएर अलगै बस्नु परेको उहाले बताउनु भयो ।

कार्यक्रममा बोल्दै जिल्ला युवा समितीका अध्यक्ष सन्तोसप्रकास जोशीले सुरक्षीत महिनावारी राष्ट्रिय अभियान सञ्जालले जिल्लामा सकरात्मक कामको थालनी गरेको बताउदै यो कार्यलाइ निरन्तरता दिनुपर्ने र यसमा आफुले सदैब सहयोग गर्न तयार रहेको बताउनु भयो । कार्यक्रममा देहिमाण्डौ स्वास्थ्यचौकीका इञ्चार्ज किशोरप्रकास लुहारले महिनावारीको बेला गर्नुपर्ने सरसफाइका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा सहभागी छात्राले आफुलाइ महिनावारीको बेला हुने समस्या खुलेर आप्नो घरपरिवारलाइ भन्ने नसक्दा झनै समस्या भएको बताएका थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!