जग्गा नछोडेपछि वन कार्यालय मुगुलाई समस्या

Posted on: 22 Feb, 2017

नन्द बहादुर राकाया/फागुन ११, मुगु । जिल्ला वन कार्यालयमुगुको जग्गामा जबरजस्ती टहरा बनाएर प्रयोग गरिरहेका व्यक्तिहरुले जग्गा नछोडेपछि जिल्ला वन कार्यालयलाई समस्या भएको छ । 

जिल्ला सदरमुकामको जिल्ला वन कार्यालयको भवन भन्दा माथी तिर पर्ने केही टहराहरु जिल्ला वन कार्यालयको जग्गामा निर्माण गरिएको छ । सो क्षेत्रमा जिल्ला वन कार्यालयको सबै गरेर ३ हजार ३ सय ६० बर्गमिटर जग्गा भएकोमा कति क्षेत्रमा उनिहरुले टहरा बनाएका छन् भन्ने एकिन भने जिल्ला वन कार्यालयले गरेको छैन् । 

गएको केही बर्ष अघि जिल्ला वन कार्यालयको समन्वयमा जिल्ला स्तरका राजनितिक दलहरुको बैठक बसि सो क्षेत्रमा निर्माण भएको टहरा हटाउनका लागी आग्रह गरिएको भएपनी पछि राजनितिक दलहरुले त्यसलाई कडा रुपमा कार्यान्वयन गर्न नसक्दा जग्गा अहिलेसम्म दुरुपयोग भईरहेको छ । 

जिल्ला वन कार्यालयका सहायक वन अधिकृत द्रोण बिक्रम कार्किका अनुसार अहिले पनी जिल्ला वन कार्यालयले मौखिक रुपमा जानकारी गराईरहेको भएपनी टहराहरु नहटाईएको पाईएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!