मुगुका कृषकहरुलाई दातेँ ओखरको बिरुवा बितरण

Posted on: 22 Feb, 2017

नन्द बहादुर रोकाया/फागुन ११, मुगु । पोषण स्थितीमा सुधार ल्याउन दातेँ ओखरको बिरुवा बितरण गरिएको छ । 

नारिउत्थान तथा सचेतना केन्द्र मा आवद्ध कृषक समुह जिल्लाका रोवा र रारा गाउँ बिकास समितीका कृषकहरुलाई दातेँ ओखरको बिरुवा बितरण गरिएको हो । नारिउत्थान तथा सचेतना केन्द्र मुगु अन्र्तगत ग्रामिण सेवा प्रदायक एनएमए हेल्भेटासको सहयोगमा सञ्चालित लघु परियाजना अन्र्तगत दुई गाविसका गरि ६० जना कृषकहरुलाई दातेँ ओखरका बिरुवा बितरण गरिएको हो । प्रति घरपरिवार १० वटा दरले झण्डै ६ सय वटा ओखरका बिरुवा बितरण गरेको नारी उत्थान तथा सचेतना केन्द्र मुगुकी अध्यक्ष चेतना शाहीले जानकारी दिनुभयो । 

ओखरबाटै पनी आम्दानी गर्न सकिने तथा दैनिक रुपमा मिलाएर ओखर खानाले स्थानियको पोषण स्थितीमा सुधार ल्याउनका लागी ओखरका बिरुवा बितरण गरिएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!