मिनीट्रक दुर्घटना हुँदा श्रीमान श्रीमतीको मृत्यु, गाउँ सोकाकुल

Posted on: 16 Feb, 2017

दान बहादुर बुढा/फागुन ५, मुगु । जुम्ला जिल्ला बड्र्की गाबिस वडा नं १ कोटिला भिरमा आज बिहान ७ बजे तिर सुर्खेत बाट मुगु जाँदै गरेको ना ६ ख ९३७२ नम्बरको मिनि ट्रक सडकबाट करिब १ सय मिटर तल खस्दा त्यसमा सवार ३ जनाको घट्ना स्थलमै मत्यु भएको छ  भने एक जना सख्त खाईते भएका छन् ।

मृत्यु हुनेहरुमा मुगु जिल्ला कालैं गाबिस वडा नं ४ घर भएका २७ बर्षिय श्रीमान रंगबहादुर शाही, उनकी २० बर्षिय श्रीमति गंगादेबी शाही र गाडी चालक बर्दिया जिल्ला मैना पोखरी गाबिस वडा नं ८ घर भएका तिर्थराम थारुको मृत्यु भएको बर्की गाबिसका कर्मचारी मानबहार शाहीले जानकारी दिनु भयो । दुर्घटनामा परि घाईते भएका गाडीका सह चालक लाई जुम्ला पठाईएको जनाईएको छ । 

गत बर्ष मात्र विवाहमा बन्धनमा बाधिएका रंगबहादुर र गंगादेवीको उपचारपछि मुगु आउदै गर्दा  ट्रक दुरर्घटनामा परि मृत्यु भएपछि मृतकको जन्म गाँउ मुगु खनायाँ गाँउ सोकमग्न भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!