जिबिसमा धर्ना हुँदा सरकारी काम काज ठप्प

Posted on: 13 Feb, 2017

दान बहादुर बुढा/फागुन २, मुगु । मुगु चरण बद्ध आन्दोलनमा रहेका स्थानिए निकायमा कार्यरत कर्मचारीहरुले जिल्ला बिकास कार्यालय समितिको कार्यालय र गाँउ बिकास समितिको काम काज ठप्प पारी आन्दलोनमा उत्रँदा जनताको काममा अबरुद्घ हुदा जनता मारमा जिल्ला बिकास समितिमा धर्ना गर्दा सरकारी काम काज बन्द भएको छ ।

आफुलो काम काज गरे वापत सेवा  निवृतका बखत पाउने उपदान सन्नतानका लागी छात्रबृद्घि स्वास्थ्य उपचार, बिमा, सेवा समायोजन मागसहित माघ १९ गतेबाट  चरणबद्घ आन्दोलन गर्दा पनि सरोकार वाला निकाय अझैसम्मम जिम्मेवार नहुँदा हिजोबाट कार्यालय बन्द गराईएको आन्दोलनकारीहरुले बताएका छन् ।  आन्दोलनका कारण आइतबार र सोमबार जिबिस र प्राबिधिक कार्यालय पूर्ण रुपमा बन्द रहेका छन ।

बिकट दुर्गम हिमाली जिल्ला मुगु भुगोलको कठीनाई संगै जुधेर मुगुका टाठाटाठा बस्तिबाट दुई दिन हिडेर सदरमुका गमगढी जिल्ला बिकास समितिको कार्याल बिकासी योजना लगाएत अन्य कामको सिलसिलामा ८/९ दिन सम्म गमगढी बजार होटलमा बास बस्दै आईरहेको र काम काज कुनै कुनैपनि नभएको भिई ९ का कन्न धामीले जानकारी दिए ।

स्थानिय निकायमा काम काज गरे वापत सेवा  निवृतका बखत पाउने उपदान सन्नतानका लागी छात्रवृत्ति स्वास्थ्य उपचार, बिमा, सेवा सम्मन जनक पाउनुपर्ने बताएका छन । कुनै पनि कार्यालयमा दुई थरीको कर्मचारी नहुन भन्ने माग रहेको स्थानिय पनकाय कर्मचारी संघ नेपल जिल्ला कार्या समितिका अध्क्षय खड्ग राज मल्लले बताएका छन ।  

 



यस बिषयमा तपाइको प्रतिक्रिया...!