बैदेशिक रोजगार पछी भेडापालन व्याबसायमा रोकाया

Posted on: 10 Feb, 2017

नन्द बहादुर रोकाया, माघ २८, मुगु । मुगु जिल्लाको कार्काीवाडा गाबिस वडा नं ९ माथितुम एक युवा बैदेशिक रोजगार पछी भेडापालन व्याबसायमा लागेका छन । ३ बर्ष अघि बैदेशिक रोजगारकालागी मलेशिया गहेका धिरज बहादुर रोकाया अहिले गाउँमै भेडापालन गरेर राम्रो आम्दनी गर्न सफल भएकोमा गर्भगर्छन । परिवारको गुजारा चलाउन धौधौ भएपछि रोजगारीका लागी मलेशिया गहेको भएपनी  कमाई राम्रो नभएपछी नेपाल फिर्किएको रोकायले बताउनुभयो ।

खाडी मुलुका देशमा पसिना बगाउनु भन्दा आपनै देशमा केहि गर्नुपर्छ भन्दै ३ बर्षको लागी मलेशीया गहेको भएपनी २ बर्षमा नेपाल पर्किएको उहाँले बताउनुभयो । बिदेशमा पनी काम उहि हो नेपालमा पनी काम उहि हो  बिदेशमा दुःख गर्नु भन्दा आपनेैे गाउँघरमा गहेर केहि गर्नु पर्छ भन्ने सोचका साथ नेपाल पर्किएको र अहिले भेडापालन व्याबसाग गरेको रोकाया को भनाई छ ।

रु एक लाख पचास हजारको लगानीमा ३० वटा भेडा खरिद गरेर व्यवसाय चलाउनुभएका रोकायाका अहिले १२० भेडा रहेका छन । अहिल भेडापालन व्यवसाय सुरु गरेपछि जिविकोपार्जन रहज बनेको छ । रोकायाले भन्नुभयो ।व्यवसायबाट वार्षिक रुपमा खर्च कटाएर रु १लाख देखि  २ लाखसम्म आम्दानी हुने गरेको रोकायाको भनाई छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!