ट्याक्टर दुर्घटनामा दुई जना घाईते

Posted on: 09 Feb, 2017

दान बहादुर बुढा, माघ २७, मुगू । जिल्ला सदरमुकाम गमगढीबाट ढुंगा लिन गएको एक ट्याक्टर रारा क्याम्पस भन्दा माथी रहेको सडकबाट ५०० मिटर तल खसी दुर्घटना  हुदा ट्याक्टरमा ढुंगा  राख्ने दुई कामदार घाईते भएका छन ।

घाईते हुनेहरुमा पिना गाविस वडा नं ५ का अन्दाजी १८ बर्ष धनकृष्ण बम र जिमा गाविस वडा नं ५ पुरुमुरु घर भएका अन्दाजी २५ बर्षका प्यारीलाल धरला घाईते भएको जिल्ला प्रहरी .कार्यालय मुगुले बताएको छ ।

सडकबाट अन्दाजी ५०० मिटर तल रहेको जगत बहादुर कार्कीको घरमा ट्याक्टर लडेर क्षती पुराएको र ट्याक्टर क्षत विक्षत अवस्थामा रहेकाले नम्बर पत्ता लगाउन नसकिएको र ट्याक्टर पिना गाविस कोटिल्ला गाँउका देवीलाल ऐडीको रहेको खुल्न आएको पनि प्रहरीले बताएको छ ।

डाईभर नभएको मौका पारी सहचालकले चलाउदा ट्याक्टर दुरर्घटना भएको प्रारम्भिक अनुसन्धानमा बुझिन आएको र सहचालक फरार रहेको पनि प्रहरीले बताएको छ । 

घाईते मध्य बमको हात, पेट र टाउको र धरलाको कम्मर, टाउको र तिघामा्र चोट लागेको र दुबै विरामी सदरमुकाम गमगढीमा रहेको जिल्ला अस्पताल मुगुले जनाएको छ ।

घटना स्थल जिल्ला सदरमुकाम गमगढीबाट ४५ मिनेट पश्चिम सदरमुकामको सिरानमा रहेको छ भने ट्याक्टर आज बेलुका ६ बजे दुरर्घटना भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!