मुगु जिल्लाभर १३ वटा पशुवस्तुहरुको बिमा

Posted on: 07 Feb, 2017

नन्द बहादुर रोकाया/माघ २५, मुगु । पशु बिमाको सेवा शुरु भएबाट अहिलेसम्म जिल्लाभर १३ वटा पशुवस्तुहरुको बिमा भएको छ । 

जिल्ला पशुसेवा कार्यालयको समन्वयमा जिल्लामा सरकारी मान्यता प्राप्त सगरमाथा ईस्योरेन्सका माध्यमबाट पशुवस्तुको बिमा भएको हो । अहिलेसम्ममा जिल्लामा ११ वटा खच्चड र २ वटा घोडाको मात्र बिमा भएको कार्यालयका निमित्त प्रमुख भिमचन्द्र बुढाले जानकारी दिनुभयो । 

जिल्लाभरका कृषकहरुलाई आ आफ्ना पशुवस्तुहरुको बिमा गराउनका लागी पनी कार्यालयले आग्रह गरेको छ । जिल्ला पशु सेवा कार्यालय नजिकको पशुसेवा केन्द्र तथा पशु प्राविधीकहरुसगँ पशुबिमाको बारेमा जानकारी लिन सकिने पशुसेवा कार्यालयको भनाई रहेको छ । 

कृषकहरुले पालन गरेका पशुवस्तुहरु अकस्मात केही भएमा कृषकहरुलाई बेफाईदा नहोस् भनेर राज्यले पशु बिमाको निती अपनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!