कपिलवस्तुमा बसको ठक्करवाट एकको मृत्यु

Posted on: 04 Feb, 2017

माधव वेल्वासे/माघ २२, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ७ विरपुर चोकमा वसले ठक्कर वाट एक जनाको मृत्यु भएको छ । 

चन्द्रौटा वाट कृष्णनगर जादै गरेको  लु १ ख ७३०७ नम्वरको वसले शुक्रवार राति ८ वजे पैदल यात्रिलाई ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा अन्दाजि ५० वर्षिय पुरुष रहेको तर वाकि नाम थर ठेगना खुल्न नसकेको वडा प्रहरि कार्यलय चन्द्रौटाले जनाएको छ । प्रहरिका अनुसार मृत्यकको मानसिक स्थिति कमाजोर रहेको जनाएको छ ठक्कर दिने वस र चालकलाई प्रहरिको नियन्त्रणमा राखिएको वडा प्रहरि कार्यलय चन्द्रौटा प्रहरि साहायक निरिक्षक हरि बहादुर जिसिले जानकारि दिनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!