मुगुमा भिरबाट लडेर एक युबकको मृत्यू

Posted on: 04 Feb, 2017

माघ २२, मुगु । मुगुमा एक युवकको भीरबाट खसेर ज्यान गएको छ । 

जिमा गाबिस ६ का २४ बर्षीय रमेश सुनारको शुक्रवार बाख्रा चराउन गएकाबेला जिमा गाबिसको कुलाहा भन्ने ठाउँ बाट खसेर मृत्यू भएको भवानि माबि पुरुमुरुका शिक्षक सुवास चन्द्र मल्लले जानकारी दिएका छन् । 

सुनार कुलाहा भिर बाट १ सय मिटर तल  खसेर मृत्यू भएको शिक्षक मल्लले टेलिफोनबाट जानकारी दिएका छन । घटना भएको ठाँउ सदरमुकाम गमगढी बजारबाट १ एक दिन पैदल टाढा रहेको  हुँदा समयमा जिल्ला सदरमुकामा खवर नभएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!