क्रसर मेसिनमा च्यापिएर १ युवकको मृत्यु

Posted on: 03 Feb, 2017

दलसिंह गिरी | माघ २१, कालिकोट | ढुंगा पिस्ने क्रसर मेसिनमा च्यापिएर १ जना युवकको मृत्यु भएको छ । कर्नाली राजमार्गको कालिकोट जुम्ला खण्डमा पर्ने दाहा गाविसका एक युवकको मृत्यु भएको हो । 

कर्नाली राजमार्गको कालिकोट खण्डमा निर्माण भैरहेका पक्की पुलका लागि आवश्यक गिट्टी उत्पादनका गर्न दाहामा संचालित उक्त मेसिनमा दाहा गाविसका ददि गोरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । 

मृतक गोरालको पोष्टमाटमका लागि जिल्ला स्वास्थ्य कार्यालय कालिकोटमा समेत ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!